आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

आईसीसी विश्वकपः भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा

काठमाडौँ- भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेल इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच अहमदाबादमा हुने भएको छ । आईसीसीले आज सार्वजनिक गरेको तालिका अनुसार अक्टोबर ५ मा इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच विश्वकपको पहिलो खेल हुने भएको हो ।

दोस्रो खेल भने पाकिस्तान र विश्वकप छनोटको शीर्ष स्थानमा रहने टिमबीच हैदराबादमा अक्टोबर ६ मा हुनेछ ।

आयोजक भारतको पहिलो खेल अस्ट्रेलियासँग अक्टोबर ८ तथा भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुने भएको छ ।

सेमिफाइनल खेलहरु मुम्बई र कलकता तथा फाइनल खेल भने अहमदाबादमै हुने भएको छ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ ।