लुका मोड्रिच अर्को सिजन पनि रियल मड्रिडबाटै खेल्ने

काठमाडौँ- क्रोएसियन मिडफिल्डर लुका मोड्रिच अर्को सिजन पनि स्पेनिस क्लब रियल मड्रिडबाटै खेल्ने भएका छन् । मोड्रिच सन् २०२४ को जुन महिनासम्म मड्रिडबाटै खेल्ने क्लबले जनाएको हो ।
मड्रिडले ३७ वर्षीय मिडफिल्डरसँग थप एक वर्षको सम्झौता भएको जानकारी गराएको छ । साउदी अरेबियन क्लबबाट प्रस्ताव आएपनि उनले स्पेनमै बस्ने निर्णय गरेका हुन् ।
११ सिजन मड्रिडमा बिताइसकेका मोड्रिचले ४ सय ८८ खेल खेल्दै २३ वटा ट्रफी जितेका छन् । सन् २०१२ मा क्लबमा आवद्ध भएयता उनले क्लबका लागि पाँचवटा च्याम्पियन्स लिग, तीन पटक ला लिगा तथा दुईवटा कोपा डेल रेको उपाधि जितेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया