१ लाख २० हजार फिटमाथिबाट विश्वकपको ट्रफी टूर सुरु

काठमाडौँ- भारतमा अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको ट्रफी टुर ‘स्ट्राटोस्फेरिक स्केल’ बाट सुरु भएको छ । आईसीसीले जनाएअनुसार पृथ्वीभन्दा १ लाख २० हजार फिटमाथि सोमबार विश्वकपको ट्रफी टुर सुरु गरिएको हो ।
१ लाख २० हजार फिटमाथिबाट ट्रफी भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा ल्यान्ड गरेको थियो ।
ट्रफी ‘बेस्पोक स्ट्र्याटोस्फेरिक बेलुन’मा जोडिएको तथा फोरके क्यामेराबाट पृथ्वीको वायुमण्डलको छेउमा बसेर ट्रफीका केही आश्चर्यजनक दृष्यहरु खिचिएको आईसीसीले उल्लेख गरेको छ ।
भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म आयोजना गर्ने विश्वकपका लागि सार्वजनिक गरिएको ट्रफीको टूर विभिन्न १८ देशमा हुनेछ । ट्रफी भने नेपाल ल्याइने छैन ।
ट्रफी टूर जुन २७ बाट सुरु भएर सेप्टेम्बर ४ तारिखसम्म चल्ने आईसीसीले जनाएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया