हेलम्बुले जलवायु विपद अध्ययन केन्द्र स्थापना गर्ने

काठमाडौँ -हेलम्बु गाउँपालिकाले जलवायु न्यायका लागि दातृ निकायसँग सहयोग माग्ने भएको छ । २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले जलवायु न्यायका लागि विभिन्न निकायसँग सहयोग प्राप्तिको प्रक्रिया अघि बढाउने भएको हो । जलवायु परिवर्तनका कारण विपदहरू सामना गरिरहेको हेलम्बुले जलवायु परिवर्तन न्यूनीकरण गर्न विभिन्न नीति तथा कार्यक्रम अगाडि ल्याएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
हेलम्बुले जलवायु विपद अध्ययन केन्द्र स्थापनाका लागि प्रदेश सरकार र संघीय सरकारसँग सहयोग र सहकार्य गर्ने जनाएको छ । त्यस्तै जलवायु परिवर्तन न्यूनीकरणका लागि खोला खोल्सा र कुलेसाहरूलाई पुर्ववत रुपमा नै फर्काउन बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । जलवायु परिवर्तन र विपद सम्बन्धी अध्ययनका लागि हेलम्बु गाउँपालिकाले भ्रेमाथाङसम्म हेलम्बु फ्लड ट्रेल निर्माण गर्ने जनाएको छ ।
त्यस्तै हेलम्बुले कक्षा छाड्ने विद्यार्थीको क्रम रोक्न विद्यार्थीको खातामा १ लाख कार्यक्रम अघि सारेको छ । त्यस्तै पालिकाका प्रत्येक दलित छात्रालाई १ लाख दिने घोषणा गरेको छ । पालिकाभित्रका खेलाडीहरूलाई प्रोत्साहनका लागि औषधि उपचार खर्च पालिकाले व्यहोर्ने भएको छ । पालिकाले पाँच लाखसम्मको औषधि खर्च व्यहोर्ने भएको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया