क्रिसमसमा आउने भयो ‘वन्डर वुमन’

बारम्बार प्रदर्शन मिति सरेको ‘वन्डर वुमन १९९८’ले अन्ततः प्रदर्शन मिति तय गरेको छ । फिल्म अब क्रिसमसको छेको पारेर डिसेम्बर २५ मा अमेरिकाका सिनेमा हलमा रिलिज हुनेछ । निर्माण कम्पनी वार्नर ब्रोजले विज्ञप्ति जारी गर्दै फिल्म हलसँगै एचबिओ म्याक्समा पनि सोही दिन रिलिज हुने जनाएको छ । फिल्म विदेशी बजारमा भने ७ दिन अगाडि नै रिलिज हुनेछ ।
फिल्म सबैभन्दा पहिला जुन ५ मा रिलिज हुनेवाला थियो । तर, कोभिड १९ विश्व भ्रमणमा निस्किएपछि फिल्मको रिलिज धकेलिएर अगस्ट १४ मा पुगेको थियो ।
वार्नर ब्रोजले यसरी फिल्म रिलिज गर्ने निर्णय लिन कठिन भए पनि अन्ततः फिल्म हलमा रिलिज हुने कुराले सन्तुष्टि दिएको बताएको छ । त्यसैगरी फिल्मकी मुख्य कलाकार गल गडोटले पनि फिल्म हलमा रिलिज हुन लागेकोमा खुशी व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन् ‘ सही समयमा यो फिल्म रिलिज हुन लागेको छ । किनकि हामी अहिले सबैजना रमाउने बहाना खोजिरहेका छौं । यो फिल्मले त्यो बहाना दिन्छ भन्नेमा म विश्वस्त छु ।’
विश्वभर नै यो फिल्मको रिलिजलाई उत्सुकताका साथ हेरिएको छ । बार्नर ब्रोजकै ‘टेनेट’ले अपेक्षाकृत व्यापार नगरेको प्रतिक्रिया पाइरहेको बेला बार्नरले ‘वन्डर वुमन १९८४’ रिलिज गर्न लागेको हो । ‘टेनेट’को लाइफटाइम कलेक्सनपछि निर्देशक क्रिस्टोफर नोलान र स्टुडियोको कुरा बाझिएको थियो ।
प्याट जेकिन्सले निर्देशन गरेको फिल्ममा गल गडोटसँगै क्रिस पाइनको पनि अभिनय रहेको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया