आशामात्रै देखाउने स्थानीय सरकारकाे नीति ?

मकवानपुर- आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने क्रम जारी छ । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने होडबाजी चलिरहँदा अधिकांश स्थानीय तहहरूले सर्वसाधारणलाई लोभ्याउने र आशा जगाउँने योजनाहरू ल्याएर आफ्नो कार्यकाल ‘लोकप्रिय’ बनाउन खोजेको आरोप लागेको छ ।
मकवानपुरमा स्थानीय तहहरूले आगामी आवका लागि बजेट तथा नीति र कार्यक्रममा कसैले घर उपहार दिने योजना सार्वजनिक गरेका छन् भने कसैले मदिरा र गुट्खा निषेध गर्ने योजना सार्वजनिक गरेको छ ।
मदिरा तथा गुट्खा निषेध गर्ने योजनाहरू हेर्दा सामान्य लाग्ने तर दीर्घकालसम्म यसको राम्रो पाटोहरू रहेको जनप्रतिनिधिहरूको दाबी छ ।
असार १० सम्म सबै स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने भए पनि मकवानपुरका सबै स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका छैनन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा ७ वटाले बजेट सार्वजनिक गरेका छन् भने दुई वटाले नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेका छन् ।
जिल्लाको बागमती गाउँँपालिकाले नीति तथा कार्यक्रम र बजेट केही सार्वजनिक गरेकाे छैन । २ स्थानीय तहहरूले नीति तथा कार्यक्रम र ७ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । गत असार २ मा हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोडको बजेट सार्वजनिक गरिसकेको थियो । बागमती गाउँँपालिकाले भने १५ गतेभित्र बजेट ल्याउने भएको छ । बजेट निर्माणका लागि समय अपुग भएकाे भन्दै बागमतीले आगामी असार १५ गते बजेट ल्याउने भएकाे छ ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँँपालिकाले पालिका क्षेत्रमा बसाइँ सरेर आउने परिवारका लागि २ कोठाको घर निर्माण गरिदिने कार्यक्रमसहित ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँँबाट सहर क्षेत्रमा बसाइँसराइ दर उच्च भएपछि गाउँपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङ्ले बताए ।
मकवानपुरकै कैलाश गाउँपालिकाले ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए ।
इन्द्रसरोवर गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोबरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।
मकवानपुरकै भीमफेदी गाउँपालिकाले रैथाने बालीलाई अनुदान दिने कार्यक्रमसहित ६८ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
मकवानपुरको मकवानपुर गढी गाउँँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।
मकवानपुरको मकवानपुर गढी गाउँँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।
मकवानपुरको थाहा नगरपालिकाले ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, उद्यमशिलता र रोजगारी,विपद् व्यवस्थापन र क्षमता विकासलाई प्राथमिकतामा राखेको छ ।
मकवानपुरको मनहरी गाउँँपालिका र बकैया गाउँँपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छ्न् । बकैयाले मदिरा निषेध र मनहरीले गुट्खा निषेधको नीति अघि सारेको छ । चेपाङ बस्ती रहेकाे पालिका मनहरी र राक्सिराङमा चेपाङकाे जीवनस्तर उकास्ने कार्यक्रमहरू पनि प्राथमिकतामा रहेकाे बताइएकाे छ ।
सामाजिक विकासको पाटोलाई स्थानीय तहहरूले अब प्राथमिकतामा राख्ने योजना बनाएको जनप्रतिनिधिहरूको दाबी छ । तर, सर्वसाधारणहरूले बजेटमा आशा मात्रै जगाउने गरेकाे तर कार्यान्वयनबाट युवा र सर्वसाधारणलाई सहयाेग पुग्ने कार्यक्रम नभएकाे गुनासाे गरेका छन् ।
‘केही राम्रा कार्यक्रमहरू छन् तिनीहरूकाे कार्यान्वयन भए राम्राे हुनेछन् तर कार्यान्वयन पाटाे राम्राे हुँदैन केही भनाइ र नीतिमा मात्रै सीमित हुने कार्यक्रम छन्,’ नकुल घिमिरेले भने ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया