शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

पशुपतिको जलहरीबारे सत्यतथ्य बाहिर ल्याउन सांसद पौडेलको माग

काठमाडौँ– सत्तासीन दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले यसबारे सत्यतथ्य जाँच गरी सार्वजनिक गर्नुपर्ने बताए ।

जलहरीको विषयमा संसदमा पनि प्रशस्तै उठेको बताउँदै उनले भने, ‘भएको के हो त्यहाँ ? आज पशुपति विकास कोष, नेपाल प्रहरी सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भविभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुन खोजेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यो सदनमा सत्यतथ्य जानकारी गराउन सम्बन्धित निकायलाई म जानकारी गराउन अनुरोध गर्दछु ।’

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा निकाय, पशुपति विकास कोषलगायत विभिन्न निकायसँग मिलेर पशुपतिको जलहरी तौलेको थियो ।