शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सुधार गृहहरूलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन सांसद कार्कीको माग

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले गृहमन्त्रालय अन्तर्गत रहेका सुधार गृहहरूलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । 

‘डब्लुएचओले लागू औषध दुव्र्यसनलाई रोगको रुपमा लिएको छ,’ उनले भनिन्, ‘ड्रग एबयुज इज ए डिजिज नट ए क्राइम । तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्या भन्दा पनि अपराधाको रुपमा मान्नु हो । आजसम्म पनि सुधार गृहहरू गृहमन्त्रालय अन्तगर्त छन् ।’

उनले अगाडि भनिन्, ‘अपराधी सरह व्यवहार गर्ने हो भने यो समस्या बढीरहन्छ । लागू औषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन । अधिकांश प्रयोगकर्ताहरू १६ वर्ष मुनिका भएकाले साथीको संगतले विभिन्न रोगहरू जस्तै यौन रोग हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ । मुलभूत यसको कारण मनोसामाजिक पाटोको समाधानको जरुरी छ । त्यसैले सुधारगृहहरूलाई स्वास्थ्य मन्त्रालय अन्तगर्त ल्याउन जरुरी छ ।’

उनले सरकारले ल्याएको बजेटमा पनि सुधारगृहहरूका लागि प्रोत्साहन आवश्यक रहेको बताइन् ।