जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको त्रुटी तत्काल सच्याइयोस् : रास्वपा

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियोरले जिल्ला निर्वाचन आयोग खारेज गर्ने निर्णय सरकारले तत्काल सच्याउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै परियारले यस्तो बताएका हुन् ।
‘लोकतन्त्रमा निर्वाचन मेरुदण्ड हो,’ उनले भने, ‘जनताले आफ्नो स्वइच्छाले आफ्नो जनप्रतिनिधि छान्न पाउनुपर्ने यो अधिकारको सुनिश्चित गर्नुपर्ने, मतदाताहरूको अध्यावधिक गर्नुपर्ने र निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने जिम्मेवारी पाएको संवैधानिक आयोगको जिल्ला निर्वाचन कार्यालयहरूलाई खारेज गर्ने सरकारको यो त्रुटी तत्काल सच्याइयोस् ।’
सरकारले आफ्नो त्रुटी नसच्याए रास्वपाले सदनमा यसको विरोध गर्ने सांसद परियारले बताएका छन् । उनले अर्थमन्त्रीलाई यो निर्णय तत्काल खारेज नगरे अर्थमन्त्रीको प्रस्ताव पनि खारेज गर्ने चेतावनी दिए ।
‘अर्थमन्त्रीलाई म विनम्रताका साथ भन्न चाहन्छु,’ उनले भने, ‘यो निर्णयलाई खारेज गर्नुस् । फिर्ता लिनुहोस् । अन्यथा हामीले तपाइँको प्रस्तावलाई पनि खारेज गर्नुपर्ने हदसम्म जानुपर्नेछ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया