संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिउँ : सांसद सिंह

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उपराष्ट्रपतिको कार्यालय सम्बन्धी विनियोजन बजेट शीर्षकमा आफ्ना भनाइ राखेका छन् ।
आइतबार प्रतिनिधिसभा बोल्दै उनले गणतन्त्रमा जनता प्रधान हुनुपर्नेमा राष्ट्रपति र उपराष्ट्रपति भन्ने बित्तिकै जनताबाट टाढा बनाइने र भिआईपी बनाइने कुराको जिकिर गरेका हुन् ।
उनका अनुसार चुनाव हुनुभन्दा एक दिन पहिलेसम्म सामान्य जनता भए पनि चुनाव भएको दोस्राे दिन जनताबाट टाढा हुने प्रवृत्ति व्याप्त भएकाले गणतन्त्रमा वितृष्णा हुन थालेको छ ।
सदनमा सिंहले छिमेकी राष्ट्र भारतको राष्ट्रपति विजय कलाम जनताका बीचमा जाने कुराको उदाहरण दिँदै नेपालमा त्यस्तो नभएको गुनासो पोखे । सिंहका अनुसार उपराष्ट्रपतिलाई जनताका लागि के कस्ता काम भए भन्ने थाहै नभएको बताए ।
उनले सभामुख मार्फत सम्बन्धित निकायलाई प्रश्नैप्रश्न तेर्स्याउँदै भने, ‘तेस्राे राष्ट्रपति हुनुहुन्छ । हाम्रो देशमा त्यस्तो सुरक्षा थ्रेट नभएकाले त्यस्ता हजारौं हजार सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने के आवश्यकता छ ? जनतासँग कुरा गर्न नहुने हुन्छ ? जनसरोकारको व्यहोरामा उहाँहरूलाई मूर्ति बनाएर राख्ने हो र ?’
उनले अगाडि भने, 'अरू देशहरूमा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षता गर्न दिइन्छ । एउटै कामका लागि दुई जनाको पद किन ओगट्ने ?’
भिआईपी संस्कार निर्माण गरिएको, महङ्गो गाडी, अगाडि पछाडि सुरक्षाकर्मी हुने तर जनताकाे करकाे उचित उपयाेग नहुने भन्दै आक्राेश पाखे ।
हेलीप्याड निर्माणकाे कुरा, अनेक खर्चका कुरा दर्साउँदै संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिनुपर्ने उनकाे भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया