मनसुन भित्रियो हाम्रो तयारी भने शून्य छ : सांसद नेपाली

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले मनसुन भित्रिए पनि तयारी शून्य रहेको गुनासो पोखेका छन् ।
आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले प्राकृतिक विपत्ति आउने र जनतालाई सचेतनामा राख्नुपर्ने बताएका छन् । उनका अनुसार विपद् व्यवस्थापनको दायित्व सरकारको भएतापनि उक्त विषयमा सदनमा धेरैपटक उठान भएतापनि सरकारको तयारी शून्य भएको जिकिर गरेका छन् ।
सदनमा तथ्याङ्क र विभिन्न देशहरूको उदाहरण दिँदै उनले भने, ‘नेपाल चट्याङको दृष्टिकोणले विश्वकै उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्याङ्क अनुसार विगत केही महिना यता मुलुकमा दुईसय ३६ चट्याङको घटना भएकोमा ८० को मृत्यु, २०२ घाइते साथै, ३५३ परिवार प्रभावित भएको पाइएको छ । जुन संयुक्त राज्य अमेरिका, अष्ट्रेलीया साथै केन्याको भन्दा धेरै हो ।’
दाङ, आबुखैरेनी र म्याग्दीमा चट्याङ लागेर मृत्यु हुनेको कुरा राख्दै उनले सरकार विपद् व्यवस्थापनको विषयमा निकै गम्भीर हुनुपर्ने बताएका छन् ।
साथै पृथ्वी राजमार्गको कुरा जोड्दै उनले डाँडाहरू खनिएको हुँदा पहिरो जाने सम्भावना रहेको र सो क्षेत्रका सबै तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
सदनमा बोल्दै उनले सभामुख मार्फत सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया