शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन : प्रदेश प्रमुख शेरचन

भरतपुर - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षण संस्थामा शिक्षक र विद्यार्थीको राजनीतिक आस्था फरक–फरक भए पनि राजनीतिक स्वार्थ पूरा गर्न संस्थालाई राजनीतिको थलो बनाउन नहुने बताएका हुन् ।
प्रमुख शेरचनले भने, “आजको युग प्रतिस्पर्धाको युग भएकाले विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सबै शिक्षण संस्थाको ध्यान जानुपर्छ । विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके । खेती गर्ने योजना बनाइसके तर हामी भने चन्द्रमाको पूजा गरेर बसिराखेका छौँ । अब उपनिवेशवादी शिक्षा नीतिलाई बदलेर प्रविधिको युगमा प्रवेश गर्नुपर्छ ।”
प्रमुख शेरचनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले सबैले युवा युवा भन्ने गरेको तर पुराना र नयाँबीचको अनुभवको आदानप्रदानबाट मात्र देश सही ढङ्गले अगाडि बढ्न सक्ने विचार राखे ।
उनले भने, “होस नभई जोसले मात्र युवा अगाडि बढे भने देश कता पुग्छ ठेगान हुन्न । म आफू ८१ वर्ष भए पनि युवा जोसले नै काम गरिरहेको छु ।”
उनले देशमा भ्रष्टाचार बढ्दै गइरहेको विषयमा चिन्ता व्यक्त गरे । उनले भने, “म स्वास्थ्यमन्त्री भएर काम गर्दा पनि कमिसनको पोको आउने गर्दथ्यो । मैले त्यो पैसा उपचार कोषमा जम्मा गर्दथेँ । पाँच प्रतिशत कमिसन तपाईंकै हो भन्दै पैसा बोकेर आउने गर्दथे । अहिलेका स्वास्थ्यमन्त्री के गरिरहेका छन् मलाई थाहा छैन ।” रासस

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया