९५ देशमा सञ्चालित चेन होटल ब्राण्ड ‘रमडा’ इटहरीमा खुल्दै

विराटनगर । विश्वको ठूलो अमेरिकी चेन होटल फ्रेन्चाइज कम्पनी ‘रमडा’ ले पूर्वको इटहरीमा होटल व्यवसायको विस्तार गरेको छ । विश्वभर ९५ देशमा ९ हजार बढी होटलको व्यवस्थापन नेतृत्व गर्दै आएको वाइन्डहाम होटल्स एण्ड रिसोट्र्र्स र इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटलबीच ‘रमडा’ चेन होटल संचालन गर्ने सहमति भएको छ ।
ग्राण्ड सेन्ट्रल होटलका लगानीकर्ता एवं नेपाल उद्योग बाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत र रमडा चेन होटलको मातृ कम्पनी वाइन्डहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माबीच दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको बस्नेतले जानकारी दिए ।
वस्तु तथा सेवा बिक्रीको ‘हब’ बन्दै गएको इटहरीमा एकपछि अर्को ब्राण्डका ठूला होटलहरु भित्रिने क्रमले तीव्रता पाएको छ । एसिया प्यासिफिक क्षेत्रमा सबैभन्दा छिटो बढिरहेको रमडाको डेब्युट ब्राण्ड ‘रामडा बाई वाइन्डहाम’ को प्रवेशले पूर्वको होटल व्यवसायको बजारका लागि ठूलो सम्पति श्रृजना भएको दाबी गरिएको छ ।
यो होटल सन् २०२४ को मध्यबाट सञ्चालन ल्याउने तयारी भइरहेको जनाइएको छ । होटलमा ८० वटा सुविधा सम्पन्न कोठाहरु, टेरेस बार, लबि लाउञ्ज, हेल्थ क्लव र स्पा, बैठक तथा कार्यक्रम हल, स्वीमिङ पुल लगायतका सुविधाहरु हुने जनाइएको छ । त्यस्तै निजी तथा कर्पोरेट कार्यक्रमका लागि ६०० जना अट्ने क्षमता रहेको दाबी गरिएको छ । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागि समेत हल र कोठाहरु व्यवस्थापन गरिएको जनाइएको छ ।
हाल ‘फोर स्टार’ रेटिङमा निर्माण भइरहेको ग्राण्ड सेन्ट्रल होटल रमडाको चेनमा सञ्चालन हुँदा ‘फाइभ स्टार’ मा स्तरोन्नति भइसक्ने बस्नेतले बताए । रमडाले एशिया प्रशान्तका २० देशमा एक हजार ६०० बढि चेन होटलसँग सेवा व्यवस्थापनको नेतृत्व गर्दै आएको जनाइएको छ ।
रमडाको एउटा फ्रेन्चाइज ‘रमडा इन्कोर’ भने काठमाडौंमा संचालन हुँदै आइरहेको छ । इटहरी उपमहानगरपालिका–९ मा निर्माणाधिन रहेको ग्राण्ड सेन्ट्रल यसपछि ‘रमडा’ चेन होटलका रुपमा सञ्चालन हुँदा अझ ठूलो ब्राण्ड स्थापित हुने सञ्चालक बस्नेतले बताए । रमडाको प्रवेशले मुलुककै पुर्वी क्षेत्रको होटल पर्यटन विकासमा समेत ठूलो योगदान हुने विश्वास व्यक्त गरे ।
सम्झौतापछि वाइन्डहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक शर्माले नेपालमा आफ्नो अझ ठूलो ब्राण्ड विस्तार भएकोले आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता प्रदान गर्न आफूहरु समक्ष हुने बताए । होटल सञ्चालन भएपछि एकसय जना बढीले रोजगारी समेत प्राप्त गर्नेछन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया