अक्षयले हाले युटुयुबरलाई ५ सय करोडको मुद्दा

मुम्बई : अभिनेता अक्षय कुमारले युट्युबरका विरुद्ध ५ सय करोडको मानहानीको मुद्दा हालेका छन् । उनले आफ्नो नाम जर्बजस्ती सुशान्त सिंह राजपुतको मुद्दामा जोडेको भन्दै मुद्दा हालेको मिड डेले जनाएको छ ।
राजेश सिद्दिकी नामका ती युट्युबरले सुशान्त सिंह राजपुतकी प्रेमिका रेहा चक्रवर्तीलाई क्यानडा भगाउन मद्दत गरेको भन्दै थुप्रै भिडियो बनाएका थिए । उनले सुशान्त सिंह राजपुतको मृत्यपछि मुम्बई प्रहरी र बलिउडका अरु कलाकारलाई पनि जोडेर थुप्रै मनगढन्ते रिपोर्ट बनाएका थिए । उनलाई मुम्बई प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको पत्रिकाले लेखेको छ ।
सुशान्त सिंह राजपुतको मुत्युपछि बलिउड लामो समयसम्म विवादको केन्द्रमा रहेको थियो । सुशान्तको मृत्युलाई लिएर थुप्रै ‘कन्स्पिरेसी थ्योरी’ सतहमा आएका थिए र यस्तै थ्योरीलाई बढाइचढाइ गरेर टेलिभिजन र युट्युबरले लाखौं कमाइ गरेका थिए । सुशान्तको मुद्दामा बलिउडका ठूला कलाकार चुप भएजस्तै अक्षय कुमार पनि केही बोलेका थिएनन् । तर, मिडियाले जबर्जस्ती उनीहरूले विवादमा तान्ने प्रयास गरेको थियो ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया