चितवन राष्ट्रिय निकुञ्जमा करिब तीन लाख पर्यटकले भ्रमण गरे

भरतपुर- चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार तीन सय ५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।
निकुञ्जमा स्वदेशी एक लाख ९८ हजार आठ सय २६ , सार्क देशका ३५ हजार आठ सय ८६ र अन्य देशका २९ हजार पाँच सय ७६ पर्यटक पुगेका छन् । सबैभन्दा धेरै पर्यटकले कात्तिक महिनामा भ्रमण गरेका छन् भने सबैभन्दा कमले भदौ महिनामा भ्रमण गरेका छन् । कात्तिक महिनामा ४२ हजार छ सय ४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौ महिनामा आठ हजार आठ सय ८० जनाले भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन् ।
निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले पर्यटनबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व आम्दानी गरेको छ । सबैभन्दा धेरै पर्यटक आएको कात्तिक महिनामा दुई करोड ६३ लाख ५० हजार दुई सय ५० आम्दानी भएको छ भने सबैभन्दा कम पर्यटक आएको भदौ महिनामा ५१ लाख तीन हजार तीन सय रुपैयाँ आम्दानी भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले कोभिडपछि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया