निजगढ विमानस्थल बनाउनै पर्छ, त्यसको विकल्प छैन : योगेश भट्टराई
काठमाडौँ–नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले निजगढ विमानस्थल बनाउनुको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘त्रिभुवन विमानस्थलमा ९० लाख यात्रु अर्को वर्ष पुगि हाल्छ । अहिले ९० वटा जति उडान छ,’ उनले भने, ‘कोभिड अगाडि हामी ११० देखि ११५ वटा उडान गरेका छौँ । अर्को वर्ष ११०/११५ उठान हुनेबित्तिकै काठमाडौँ एयरपोर्ट स्याचुरेटेड हुन्छ । ट्रफिक जाम लगायतका समस्याहरू छन् । पार्किङको ठाउँ छैन । त्यसकारणले यसको विकल्प निजगढ बाहेक अर्को कुनै पनि छैन ।’
यस्तै उनले भैरहवा र पोखरा विमानस्थल बनाएरकोमा कुनै गल्ती नभएको पनि स्पष्ट पारे । यी विमानस्थल पर्यटकीय क्षेत्रमा भएकाले पोखरा र भैरहवाले आफैँ यात्रु उत्पादन गर्ने बताए ।
‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले वार्षिक झण्डै ८५ लाख यात्रुहरूलाई सेवा दिइरहेको छ,’ उनले भने, ‘यो विमानस्थलको अधिकतम क्षमता ९० लाख हो । त्यसकारण हामीलाई अर्को विमानस्थल चाहिन्छ । कतिपयले भनेका छन्, भैरवामा छ, पोखरामा छ त्यसले गर्दा त्यता सिफ्ट गरे भइहाल्छ । मलाई लाग्छ भैरहवा र पोखराले आफैँ उत्पादन गर्ने हो । किनभने ती दुईटै हाम्रा पर्यटकीय गन्तब्यका ठाउँमा भएका एयरपोर्ट हुन् । ती एयरपोर्ट बनाएर कुनै ठूलो गल्ती भएको मलाई लाग्दैन ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया