रासायनिक मलको आपूर्ति विगतका वर्षमा भन्दा सुदृढ भएको छ : प्रधानमन्त्री

काठामाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहालले विगतका वर्ष भन्दा यस वर्ष रासायनिक मलको आपूर्ति सुदृढ भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा सांसद अब्दुल खानले मलको विषयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो उत्तर दिएका हुन् ।
‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘२०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री ढिपोहरूमा मौज्दात रहेको छ ।’
भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिना भित्र नेपाल भित्रिने व्यवस्था गरिएको उनले जानकारी दिए । धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था नरेकोसमेत उनले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया