शून्य समय र विशेष समयमा उठेका प्रश्नको उत्तर सरकारले दिइरहेकै छ : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नको उत्तर सरकारले दिइरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा सांसद अन्जनी श्रेष्ठले शून्य र विशेष समयमा उठाइएका प्रश्नको उत्तर नपाएको गुनासो गरेकी थिइन ।
‘सम्मानित सदनमा शून्य समय र विशेष समयमा मान्य सदस्यले उठाएका विभिन्न प्रश्नहरूमा सरकार संवेदनशील भइ तिनको जवाफ नियमित रुपमा दिइनै रहेको छ,’ उनले भने, ‘सदनमा उठाइएको प्रश्न र जिज्ञासाहरूको जवाफ दिने जिम्मेवारी र उत्तरदायित्वबाट सरकार कहिल्यै पछि हटेको छैन । र कहिल्यै पछि हट्ने पनि छैन ।’
जनसरोकारका उचित विषयलाई उचित सम्बोधन गर्ने कुरामा सरकार दृढ रहेको उनले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया