मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरासियाले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन,’ उनले भने, ‘संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेस प्रदेशमा नै जाने गरेको छ । यसका अतिरिक्त संघबाट सञ्चालन हुने पूर्व पश्चिम राजमार्ग, पतलैया वीरगञ्ज कोरिडोर, चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइर्भसन, बागमती कमला चन्द्र नहर लगायतका सिचाईँ आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरेर नै अगाडि बढेका छन् ।’
तराईमधेश समृद्धी कार्यक्रम र तराई जोड्ने द्रुत मार्गहरू पनि मधेसमा नै पर्ने उनकाे भनाइ छ । पर्साको वीरगञ्जको विकास सरकारको प्राथमिकतामा रहेको समेत उनले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया