वेस्ट इन्डिजका क्रिकेटरले नेपाली खेलाडीसामू साटे आफ्नो अनुभव

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले तेस्रो खेलमा बिहीबार टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध पराजय भोग्यो । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजसँग १ सय १ रनको पराजय भोगेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान शाई होपले १ सय ३२ रन तथा निकोलास पुरनले १ सय १५ रन बनाएका थिए ।
त्यसैगरी, नेपालले ३ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय ३८ रनमा अलआउट हुँदा वेस्ट इन्डजका बलर जासोन होल्डरले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
तर नेपालसँगको खेलपछि वेस्ट इन्डिजका खेलाडीहरुले भने नेपाली खेलाडीहरुसँग आफ्नो अनुभव साटेका छन् । खासगरी शतक प्रहार गरेका तथा कप्तान शाई होप र सर्वाधिक विकेट हात पारेका जासोन होल्डरले नेपाली खेलाडीहरुसँग मैदानमै आफ्नो अनुभव साटेका थिए ।
त्यसको तस्बिर वेस्ट इन्डिज क्रिकेट टिमले सामाजिक सञ्जालमा समेत राखेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया