गाेरखा जीप दुर्घटना : मृतक पाँचै जनाकाे पहिचान खुल्याे

काठमाडाैं । गाेरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।
दुर्घटनामा पाँचजनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिकाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, अन्दाजी १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेको उनले जानकारी दिए।
त्यस्तै घाइतेहरुमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन् । स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया