बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

फाइल फोटो

धनगढी - दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।​

लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ ।

बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।