ढल्केवरमा इनारभित्र पुरुषको शव भेटियो

जनकपुरधाम - धनुषाको ढल्केवरमा एक पुरुषको शव इनारभित्र भेटिएको छ । बिहीबार ढल्केवरस्थित एभरेष्ट आयल स्टोर नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले इनारभित्र पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षका एक जना पुरुष व्यक्तिको शव भेटिएको बताएका छन् ।
सशस्त्र प्रहरीको सहयोगमा शवलाई इनारबाट बाहिर ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । शवको प्रकृतिबारे तत्काल यकिनसाथ भन्न नमिल्ने बताउँदै उहाँले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया