डुबान रोक्न नाला निर्माण
चितवन - वर्षातका समयमा यहाँका धेरै सरकारी कार्यालय डुवानमा पर्ने गर्दछन् । कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ । भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समितिको कार्यालय लगायतका कार्यालय वर्षातका समयमा डुवानमा पर्ने गरेका छन् ।
यीसँगै रहेका ‘गेष्टहाउस’ चौर पनि वर्षातभर पानी जम्ने गर्दछ । यसका कारण नियमित सेवा प्रवाह प्रभावित हुने गरेको छ ।
ती क्षेत्रमा डुवान रोक्नका लागि यसवर्ष ढल निर्माण थालिएको छ । वर्षातका समयमा पानी जम्ने समस्या बढेपछि भरतपुर महानगरपालिका–१० मा ढल निर्माणको कामलाई तीव्र बनाइएको छ । अधिकांश सरकारी कार्यालय रहेको यस वडामा वर्षात सुरु भएँंगै पानी जमेर निकास नहुँदा समस्या बन्दै आएको थियो ।
डुवानमा पर्न थालेसँगै वडा नं १० ले दुई स्थानबाट पानीको निकासका लागि ढल व्यवस्थापन गर्न लागेको हो । महानगरपालिकाको रु एक करोड ६७ लाखको लागतमा काम भइरहेको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । एकातर्फको ढल चौबिसकोठी र अर्को तर्फको बाइपास रोडको थानिचोकमा निकासका लागि नाली बनाउन लागिएको हो । १ दशमलब ५ किलोमिटर नाली वनाएर जम्ने पानीको व्यवस्थापन गर्न लागिएको उनले बताए ।
यस क्षेत्र हुँदै जाने नारायणी लिफ्टका नहर अतिक्रमण भएपछि पानी जम्ने समस्या बढेको हो । यस क्षेत्रका नहर मिचेर सडक र भौतिक संरचना निर्माण भएका छन् । महानगरका अन्य क्षेत्रमा पनि ढल निर्माणका लागि गुरुयोजनाको काम भइरहेको छ ।
रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया