कप्तान होप र पूरनको शतकमा वेष्ट इन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध नेपालले ३४० रनको लक्ष्य पाएको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले पूरा ओभर खेलेर ७ विकेट गुमाएर ३३९ रन जोड्यो ।
वेष्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पूरन दुवैले शतक प्रहार गरे । शाई होपले १२९ बलमा १३२ रन जाेडेका थिए । निकोलस पूरनले ९४ बलमा १ सय १५ रन बनाएका थिए । पूरन र होपले वेष्ट इन्डिजलाई चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया