आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

विश्वकप छनोटः नेपालको पहिलो पावरप्लेमा उत्कृष्ट बलिङ

काठमाडौँ-  जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध नेपालले पहिलो पावरप्लेमा उत्कृष्ट बलिङ गरेको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले वेष्ट इन्डिजको दुई विकेट लिई सकेको छ ।  

वेष्ट इण्डिजले १० ओभरमा २ विकेट गुमाएर ३० रन बनाएको छ । नेपालको लागि करण केसी र गुल्सन झाले एक-एक विकेट लिए ।  

केसीले दोस्रो ओभरमै काइल मेयर्सलाई १ रनमै पभेलिएन फर्काए। केसीको बलिङमा कुशल भुर्तेलले उत्कृष्ट क्याच गरेका थिए ।

त्यसैगरि गुल्सनले जोन्सन चार्ल्सकाे आफ्नो बलिङको पहिलो बलमै विकेट लिएका थिए ।  विकेट किपर आसिफ शेखले चार्ल्सको क्याच समाते ।