शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

सामसङको स्मार्ट फोन शून्य प्रतिशत ब्याजमा पाइने, कसरी लिने याे सेवा ?

काठमाडौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शून्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरिद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । 

यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसंग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको छ ।

सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको छ । सामसङ इन्स्टा फाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ आज आफ्नो ग्राहकहरु कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरुको आवश्यकता र जरुरतहरुलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।”

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ । 

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झण्झटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरुत पर्ने छैन । ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणीकरण भएपछि ग्राहकहरुले कानूनी कागजातहरुमा हस्ताक्षर गर्नु पर्नेछ, त्यस पश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यो कार्यक्रम ग्राहकहरु र स्मार्टफोन रिटेलरहरु दुबैका लागि लाभदायक हुनेछ । ग्राहकहरुले सजिलै ऋण सुविधा  पहुँच गर्न सक्दछन, न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरु खरिद वा अपग्रेड गर्न सक्दछन् भने स्मार्टफोन रिटेलरहरु पनि अझै धेरै स्मार्टफोन बेचेर आफ्नो ब्यापार वृद्धि गराउन सक्नेछन् ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम