बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

हिउँमा चिप्लिएर यार्सागुम्बा संकलककाे मृत्यु

धनगढी- दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो ।

हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।