कृषि मन्त्रीलाई हरि ढकालको प्रश्न– सरकारले मल कौसी खेती गर्न दिएको हाे कि विघाका लागि ?

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले मल कौसी खेती गर्न दिएको कि विघा जमिनको लागि हो भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजित बजेट छलफलमा भाग लिँदै उनले कृषि मन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् ।
‘तराईको यो गर्मीमा एक विघा जग्गाको लागि ५ किलो मल लिनका लागि लाइन लागेका ती किसान दाजुभाइको त्यो लाईनको वरिपरी तपाई पुग्न सक्नुहुन्छ ?,’ कृषि मन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘म कृषि मन्त्री हो भनेर । दावाका साथ भन्छु–पुग्नै सक्नुहुन्न । केलाई दिएको त्यो मल ?कौसी खेती गर्न दिएको हो कि विघाका लागि हो ?’
उनले सरकारसँग भएको पैसा अनुदानका नाममा कहाँ जान्छ भन्दै प्रश्नसमेत उठाए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया