सांसद अब्दुल खानको प्रश्न–बजेटबाट किन हटाइयो किसानको कार्ड, बीमालगायतका व्यवस्था ?
काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले अघिल्लो सरकारले ल्याएका किसान कार्ड, बीमालगायतका किसानका सुविधा किन यस वर्षको बजेटबाट हटाइएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभामा चलिरहेको मन्त्रालय विनियोजित बजेटको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘कृषि मन्त्रीज्यूले योभन्दा अघिल्लो आर्थिक वर्षको योजनाहरू पनि काट्नुभएको रहेछ,’ उनले भने, ‘किसानहरूको बीमाको कुरा, किसानलाई राहत दिने कुरा, किसान कार्डको कुरा, सबै हटाइएको छ । किन हटाउनुपर्ने ? जनताको चाहना, जनतालाई दिनुपर्ने सुविधा त्यो कटौति गरेर तपाईँले के गर्न चाहनुभएको छ ?’
बजेट संविधान विपरीत बनेको उनले बताए ।
‘यो बजेट संविधान विपरीत बनेको रहेछ,’ उनले भने, ‘संविधानको धारा ५१ को ङ को ५ मा लेखिएको छ–कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गरिनेछ । यहाँ गोलभेडाहरू फ्याँकिने गरेको छ । कृषकहरूको आत्मबल कमजोर भइसकेको छ ।’
कृषि उत्पादनमा सरकारले समर्थनमा मूल्य कायम गरेर प्रत्येक वस्तुहरू किन्नुपर्ने उनको तर्क छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया