सनराइज बैंकद्वारा विद्यालयहरूमा प्याड एटिएम हस्तान्तरण

काठमाडौं– सनराइज बैंकले महिला स्वास्थ्य र सशक्तीकरणको लागि विद्यालयका छात्राहरु तथा कार्यरत महिलाहरूलाई लक्षित गरी प्याड एटिएम प्रदान गरेको छ ।
विद्यालयमा व्यवस्थित शौचालय सेनिटरी प्याडको व्यवस्था नहुँदा विद्यालय जान हिचकिचाउने देखिएको र उक्त समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरूमा ‘अटोमेटेड प्याड भेन्डिङ मेसिन’ प्रदान गरेको हो ।
एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले सजिलै प्याड लिन सकिने बैंकले बताएको छ ।
आज एक कार्यक्रमका बीच बैंकले काठमाडौँको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटिएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्त्व(सिएसआर) प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितिमा बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।
साथै ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि उक्त मेसिन हस्तान्तरण गरिएको थियो ।
बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लगायतका ठाउँहरूमा प्याड एटिएम हस्तान्तरण गरिसकेको बताइएको छ ।

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया