बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कोभिड संक्रमण जोखिम : कैदीसँग भेटघाट बन्द

रौतहट : कोरोना सङक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्ला कारागार रौतहटमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । सङ्क्रमण फैलिने जोखिमलाई ख्याल गर्दै भेटभाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

जेलर शम्भुप्रसाद यादवले जिल्लामा सङ्क्रमितको सङ्ख्या वृद्धिभएकाले कैदी बन्दीसँगका भेटघाट बन्द गरिएको जानकारी दिए । कारागारमा हाल १४ महिलासहित ३६७ बन्दी छन् । वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भेटघाट गर्न दिने गरेको जेलर कृष्ण गैरेले बताए । कारागारमा महिला पुरुष गरी १ हजार २ सय ६८ बन्दी छन् ।  रासस