लुट्ने स्थायी सरकारलाई होइन किसानलाई पेन्सनको व्यवस्था गरौँ : प्रभु साह
काठमाडौँ–आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले किसानलाई पेन्सन दिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा चलिरहेको मन्त्रालयगत विनियोजित बजेटको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आज हामीले देखिररहेका छौँ, किसानले मल पाउँदैनन्,’ उनले भने, ‘सिँचाइ पाउँदैनन् । सुपथ मूल्य पाउँदैनन् । उसले कही सम्मान पाउँदैनन् । के किसानलाई हामी पेन्सन दिन सक्दैनौँ र ? जसले खुन पसिना सुकाएर दुनियाँलाई पालिरहेको छ । अन्न दाता हो । अन्नदाताले सम्मान नपाउने पेन्सन नपाउने हुन्छ ? नेपालमा कसले पेन्सन पाउने हो ?देशलाई पुरै लुटेर राज गर्ने स्थायी सरकारले पाउँछ कि किसानले पाउँछ ?’
सांसद साहले अगाडि भने, ‘यदि हामी कृषिलाई सम्मान गर्न चाहन्छौँ, कृषकको सम्मान बढाउन चाहन्छौँ भने कृषकलाई पेन्सनको व्यवस्था गरौँ । लुट्ने स्थायी सरकारलाई होइन । जति ठूलो पोस्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया