मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

म जनता हजुर

म माननीय हैन हजुर

न म मन्त्री, न कुनै उच्च ओहदाकै

न वालुवाटारको , न खुमलटार

मलाई न बुढानिलकण्ठकै आशिर्वाद छ

न सिंहदरबारकै म त नागरिक हजुर

सर्वसाधारण हुँ

त्यसैले मलाई गाह्रो छ

म लाइनमा छु बाँच्ने आशामा

कहिले उता जाउ भन्छ

कहिले यता हैन भन्छ

म श्वास फेर्न नसकेको मान्छे हजुर

कता जाउ ?

मलाई पनि बाँच्न रहर छ

इमर्जेन्सीको ढोकामा रन्थनिएर

फुलेको सासले डाक्टरको मलिन अनुहार पढिरहेछु ।