काठमाडौँका वडाध्यक्ष कुश ढकालले सरकारी जग्गाहिना मिना गरेको भन्दै छानबिन गर्न माग

काठमाडौँ - काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले धोवी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नलाई सिफारिस गरेको भन्दै सामाजिक विकास समाजले छानबिन गर्नुपर्ने माग गरेको छ ।
समाजले आज पत्रकार सम्मेलन गरी सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका वडाध्यक्षले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु गम्भीर आपत्तिजनक भएको भन्दै अध्यक्ष ढकाललाई निलम्बन गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेको हो ।
“निज वडाध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नं ५ कित्ता नं १४३ को जग्गामध्ये कै स्थानीय समुदायको हितमा प्रयोग हुँदै आएको साविक धोबी खोलाको सरकारी जग्गालाई नै वडाध्यक्ष ढकालले नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झण्डै दुई अर्ब मूल्य पर्ने धोबी खोलाको १२ रोपनीभन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ भ्रष्टाचारजन्य कार्य गरेका छन्”, विज्ञप्तिमा भनिएको छ ।
वडाध्यक्ष ढकालले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको भनी स–प्रमाण विभिन्न मिडियामा आएको समाजको भनाइ छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया