आरती मृत्यु प्रकरण : श्रीमान् र ससुरा जेल चलान

जनकपुरधाम- रहस्यमय तरिकाले मृत्यु भएकी आरती साहको मुद्दामा अभियुक्त मानिएका उनका श्रीमान् र ससुरालाई जिल्ला अदालतल धनुषाले पूर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान् मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत जेठ ७ गते साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला, घाँटी लगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएको थियो । त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको भन्दै प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो ।
गत असार १ गते दर्ता भएको उक्त मुद्दामा असार ३ गतेदेखि लगातार थुनछेक बहस भएको थियो । प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दाहेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो । बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यता माइती पक्षले प्रहरी अभियुक्तलाई बचाउन खोजेको भन्दै न्यायको मागसहित काठमाडौँको माइतीघर र जनकपुरधाममा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । अदालतको आदेश अघि जिल्ला अदालत अगाडि माइती पक्षले प्रहरीविरुद्ध र न्यायको माग गर्दै प्रदर्शन समेत गरेको थियो ।
सो क्रममा प्रहरीले लाठी चार्ज गर्दा चारजना घाइते समेत भएका थिए ।

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

प्रतिक्रिया