बाबुको दाहसंस्कार नसकिँदै छोराको मृत्यु

बुटवल : दाङको हापुरेका ३३ वर्षीय संचारकर्मी लक्ष्मण बस्नेत कोभिडले थलिए । कोभिडसँग मिल्दोजुल्दो रुघाखोकी र ज्वरो आए पनि उनी सुरुमा त्यसलाई परास्त गरेरै छाड्ने संकल्पका साथ अघि बढे ।
तर, बिमारले च्याप्दै लगेपछि उनी स्थानीय लाइफ केयरमा पुगे । त्यस लगत्तै उनका पितालाई पनि सोही खालको लक्षणसहितको बिमारले च्याप्न थाल्यो । तत्काल प्रभावकारी उपचारको खोजीमा उनीहरू रुपन्देहीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा आए । हार गुहार गरेर उनीहरू अस्पतालमा भर्नासम्म हुन पाए ।
पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीका अनुसार उनीहरूलाई मेडिकल कलेजमा बल्लतल्ल भनाए गरिएको थियो । त्यसपछि कोरोना परीक्षणदेखि अन्य उपचारहरू क्रमश हुँदै गए । झण्डै १५ दिनसम्म बाबु छोराकै अस्पतालमा उपचार भयो । त्यसबीचमा उनीहरूको रेखदेखका लागि बसेकी लक्ष्मणकी श्रीमती निकै तनावमा थिइन् । कहिले बिरामीका लागि आईसियु भेन्टिलेटर त कहिले अक्सिजन अभावको तनाव उनलाई थियो ।
श्रीमान पत्रकार भएकाले उनले पत्रकार सम्बन्ध संघ-संगठन गुहारेर ती सबै अभावहरूको पूरा गरेकी थिइन् । त्यतिमात्र होइन, बस्नेतको उपचारका लागि दाङमा सहयोग अभियान पनि चलेको थियो । केही पैसासमेत उनका लागि प्राप्त भएको थियो । अस्पतालमा एचडियु, आईसियु र भेन्टिलेटर सबैको व्यवस्था विस्तारै भएको थियो ।
अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले बाबु छोराको उपचारका लागि अस्पतालले सबै प्रयास गरेको बताए । उनले भने, ‘उहाँहरूको उपचारका लागि पत्रकारहरूको पनि धेरै फोन आएको थियो, सबै प्रयास भएका थिए, तर मलाई लाग्छ उहाँहरू ढिलो अस्पताल आउनु भएको पनि हुन सक्छ ।’
उपचारकै क्रममा जेठ २ गते लक्ष्मणका पिता टोपबहादुर बस्नेतको निधन भयो । अस्पतालको बेडमा छटपटाई रहेकोका लक्ष्मणलाई खबर थिएन । पिताको कोरोना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आइतबार नै आएको थियो । लक्ष्मणको त केही दिन अघि नै रिर्पोट नेगेटिभ थियो । लक्ष्मणकी श्रीमतीले बीचमा सुधार भैरहेको सूचना दिएको र आर्थिक रुपमा धेरै खर्च लाग्ने बताएपछि आफूहरू सहयोग अभियानमा जुटेको महासंघका अध्यक्ष केसीले बताए ।
रिर्पोट नेगेटिभ आएपछि लक्ष्मणका पिताको अन्तिम संस्कारका लागि दाङ लैजाने तयारी भैरहेको थियो । आफन्तहरू त्यसको सरजाम गर्दै थिए तर सोमबार दिउँसो लक्ष्मणको पनि मृत्यु भएको छ । महासंघ दाङका कोषाध्यक्ष सरद केसीले भने, ‘बाबुको दाहसंस्कार नसकिँदै छोरा लक्ष्मणको मृत्यु भयो, पीडा असैह्य भयो ।’

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया