सुदूरपश्चिममा बजेटबारे सत्तापक्षकै विरोध, कसले के भने ?

कैलाली । सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको सत्तापक्षकै सांसदहरुले सामाजिक संजालमा विरोध गरेका छन् ।
सत्तापक्षकै कतिपय सांसदहरुले बजेटको रातो किताबलाई कालो किताबको संज्ञा दिएका छन् । विरोध गर्नेमा सत्ता साझेदार माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट समेत हुन् । यद्यपि माओवादी केन्द्रका नेताहरुले बजेटमा भएको कमजोरीको जिम्मेवारी भट्टले समेत लिनु पर्ने जिकिर गरेका छन् ।
माओवादी संसदीय दलका नेता भट्टले प्रदेश सरकारले ल्याएको बजेटको सन्दर्भमा संक्षिप्त टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, संघीयतालाई स्वयमबाट कमजोर पार्ने प्रयास गरिनु दुःखद ।
त्यस्तै माओवादीका प्रदेश सभा सदस्य ओमबिक्रम भाट सरलले बजेटको रातो किताबलाई कालो किताबको संज्ञा दिएका छन् । रातो किताबलाई कालो बनाएर उनी सामाजिक सञ्जालमा लेख्छन्, सुदूर पश्चिम प्रदेशको आव २०८०/८१ को रातो किताब रातो आउने स्वाभाविक आउने अपेक्षा थियो । तर कालो आएछ ।
यसैगरी, पूर्व मन्त्री तथा माओवादी प्रदेश सभा सदस्य मान बहादुर धामीले रातो किताबलाई सामाजिक सञ्जालमा राख्दै त्यसमाथि टिप्पणी लेखेका छन्, तिमीसंग भेट्न त के, हेर्न लायक पनि रहेनौ । डियर पवित्र, तिमी एक्लै बस्नु ल ।
सत्ता र शक्तिको आडमा जनता ठग्नेहरुलाई जनकारबाही गर्न ढिला भईसक्यो, माओवादीका प्रदेश सभा सदस्य अक्कल रावलले रातो किताव तथा वार्षिक कार्यक्रमको तस्वीर सामाजिक सञ्जालमा राखेर लेखेका छन्,जनताको मत र विश्वासलाई व्यापार ठान्ने काला प्रवृत्तिहरुको आय व्ययको विवरण बाहेक केही होईन, यो आर्थिक वर्ष २०८०/८१ को बजेट मान्नै सकिन्न ।
दुई चार जना अमूक व्यक्तिहरुको फर्जी आदेशको भरमा छापिएको रातो किताब किताबभित्र काला काला डरलाग्दा कर्तुत बाहेक केही छैनन् । माओवादीकी प्रदेश सभा सदस्य लक्ष्मी विकले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, समाजवादी मोर्चा बनेको दिन र मोर्चाको यो विशाल उद्देश्यमा आम गरिबका आँसुहरुले के भन्दैछ होला ? धन्य हाम्रो प्रदेश सरकार । जय मेरो देश, जय प्रदेश ।
प्रदेश सरकारले ल्याएको बजेटको चर्को विरोध गर्नेमा अधिकांश माओवादी सांसदहरु छन् । समाजवादी र काँग्रेसका सांसदहरुले समेत बजेटको विरोध गरेका छन् । एमालेका नेता तथा सांसदहरु भने सुरुदेखि नै बजेटको विरोधमा थिए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया