सांसद हरि ढकालको नेतृत्वमा गभर्नर भेट्न पुगे लगानीकर्ता

काठमाडौं - सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे सुझाव दिएको हो ।
उनीहरूले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनर्विचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् ।
बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कम गर्ने लगायतका माग राखेका छन् । केन्द्रीय बैंकको प्रावधानअनुसार चालू आर्थिक वर्षको सकिएको एक साताभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार अहिले केन्द्रीय बैंकले आगामी वर्षको मौद्रिक नीतिको लागि सरोकारवालासँग सुझाव मागेको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_D1wHfTajMk_hic7n9tehxfeqmytvh5kdcct6rxo1sinwlmdkjvwhxge1fy2cielxqfpkjtk.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया