बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

झापामा कैदीबन्दीकाे मृत्यु

फाइल फोटो

भद्रपुर - झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय  देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ । ​

आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् ।

१६ असार २०७८ देखि  लागूऔषध मुद्दामा कारागारमा जेल जीवन बिताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।