सरकारले बाढी पहिरोको पूर्वसूचना दिलाओस् : गुरुङ

काठमाडौं – नेकपा एमालेका सांसद मनबहादुर गुरुङले ताप्लेजुङ, सङ्खुवासभामा आएको विपद्लाई लिएर दुःख व्यक्त गर्दै सरकारले यस्ता जोखिमका बारे पूर्वसूचना दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले २०६३सालको कास्कीको पहिरोलाई सम्झँदै मादी क्षेत्र र २०६८को सेती नदीको बाढीको घटनालाई उदाहरण दिँदै त्यस्ता हिमतालका क्षेत्रमा निरिक्षण गर्न, पूर्व सुचना दिन र सतर्कता अपनाउने काम तत्काल गर्नुपर्ने सरकारलाई आह्वान गरेका छन् ।
उनले भने, ‘ जलाधार क्षेत्रमा पूर्व सूचना दिने काम तुरुन्तै गर्नुप¥यो, हामी श्रावण, भाद्रमा मात्रै तात्छौँ ।’
साथै उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने निर्णय कार्यान्वयन गन सरकारको तर्फबाट के–कस्ता काम भएको र बजेटको व्यवस्था भए नभएको जिज्ञासा सदनमा जिकिर गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया