सुनसरी जिल्लालाई मकै जोन पनि भनियोस् : सांसद आचार्य

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद भिमप्रसाद आचार्यले सुनसरी जिल्लामा कृषितर्फ विगतमा पाँच जोन भएकोमा थप एक कृषिजोन बनाइनुपर्ने जिकिर गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सुनसरीको १० हजार हेक्टरमा उन्नत मकै खेती हुने भएकाले मकै जोनपनि थप गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत देशैभर १७७ कृषि जोन छन् ।
सुनसरीलाई विगतमा धान, तरकारी, माछा, बङ्गुर, अदुवा र हल्दी गरेर पाँचवटा जोनको जिल्ला भनिन्थ्यो । अब मकैजोन पनि थप गर्नुपर्ने आवश्यकता छ । यी खेतीहरूका लागि भौतिक, प्राविधिक, आर्थिक साथै ड्रायर मेसिन, विक्री केन्द्र शितभण्डार, स्टोर र बजारको राम्रो व्यवस्था गर्नुपर्ने छ ।
‘यसका लागि सुनसरीको प्रधानमन्त्री कृषि आधुनिकीकरणकाे कार्यालयमा थप मानव संसाधनकाे समेत आवश्यक रहेको छ,’ उनले भने ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया