शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

‘सरकार, कि खोला तारिदेऊ, कि मारिदेऊ’

काठमाडौं– सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेप तत्काल पाउनुपर्ने माग राखेका छन् । बचतकर्ताहरुले निक्षेपको सावा ब्याज पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । 

बचतकर्ताहरुले आइत्बार माइतीघरदेखि नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरे । उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए । 

‘ए सरकार, कि त खोला तारीदेउ कि त मारी देउ’,’ए सरकार, सहकारी बचतकर्ताले कहिले न्याय पाउने?’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दी उनीहरुले विरोध गरेका हुन् ।