कोभिड-१९ संक्रमणबाट चितवनमा ११ जनाको मृत्यु

चितवन : जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति १२ः५५ बजे मृत्यु भएको हो । रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै वैशाख २४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा आइतबार राति ७ः५५ बजे मृत्यु भएको हो ।
यस्तै भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टिपछि वैशाख २१ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार साँझ ५ः२० बजे मृत्यु भएको हो । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–१ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्या भई वैशाख २१ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः१० बजे मृत्यु भएको हो ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया