हेटौंडाको बजेट २ अर्ब ६० करोड

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरेकाे छ । उपमहानगरपालिकाले शनिबार १३ औ नगर सभामा आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गरेको हो ।
नगर विकासको लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रूपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार ७३० व्यहोर्ने छ ।
यसैगरी प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्व १४ करोड ५० लाख बाट व्यहोरिने छ ।
यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकाले प्रस्तुत बजेटमा उक्त कार्यक्रमहरुको स्रोत समावेश नगरिएको उपमेयर राजेश बानियाँले बताए ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया