ललितपुरको बीच सडकमा बस पल्टियो, १९ जना घाइते

ललितपुर- ललितपुरमा एकाबिहानै बस दुर्घटना भएको छ ।
ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन् । उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो ।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बसअनियन्त्रित भइ बिच सडकमा पल्टिएको हो। ग्वार्को निस्कन लागिरहेको अवस्थामा तिब्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झण्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया