सुदूरपश्चिम सरकारकाे बजेट २९ अर्ब २६ करोड

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशको आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि ५ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । जस अन्तर्गत प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ ।
त्यस्तै खानेपानीका लागि १ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि सो रकम विनियोजन गरेको हो । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने बताएको छ ।
चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ । कूल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तीय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया