परीक्षण गराएकामध्य आधाभन्दा बढीमा कोभिड संक्रमण

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो ।
गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ । प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २७८ को नमूना परीक्षण भएकामा २५ हजार ४५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार १७२ को नमूना परीक्षण भएकामा झण्डै १४ प्रतिशत अर्थात् चार हजार ९६६ मा सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशमा यो रोगबाट मृत्यु हुने दर पनि गत हप्ता अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ सङ्क्रमितको मृत्यु भएको थियो । हप्ता दिनमा प्रदेशमा जम्मा १२९ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता ९९ जनाको मृत्यु भएको थियो । हालसम्म एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएका १६९ र पिसिआरबाट पोजिटिभ देखिएका १८५ समेत ३५४ सङ्क्रमितको मृत्यु भएको छ ।
उपचार व्यवस्थापनपछि हालसम्म पिसिआर पोजिटिभ भएका १६ हजार २२० र एन्टिजेन पोजिटिभ भएका दुई हजार ५८९ जना घर फर्किनुभएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार ३८७ व्यक्ति छन् । नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन् ।
त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका छ हजार ६०४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार १२४ र ६० देखि ६९ वर्ष उमेर समूहका ८६६ जना सङ्क्रमित भएका छन् । तुलनात्मकरूपमा ७० वर्ष माथिको उमेर समूहका व्यक्ति कम सङ्क्रमित छन् ।
सङ्क्रमण र मृत्यु दर उच्च बनेसँगै कोरोनाको जस्तो लक्षण देखिएका धेरै सर्वसाधारण हाल होम आइसोलेशनको एकान्तबासमा रहेका छन् । यीमध्ये जटिल अवस्थाका कतिपयले नमूना परीक्षण गराएका छन् । सामान्य अवस्थाका यस्ता बिरामीले नमूना परीक्षण गराएका छैनन् । धेरै व्यक्ति स्वास्थ्यकर्मीको प्रत्यक्ष परामर्शविना नै घरेलु उपचार विधिमा आश्रित हुनुपरेको छ ।
'स्वास्थ्य परामर्शका लागि चिकित्सकलाई फोन गर्दा फोन उठ्दैन, अब भगवान्को भरोसामा ओछ्यानमै बस्नुभन्दा अर्को विकल्प छैन,' होम आइसोलेशनमा बस्नुभएका एक जनाले टेलिफोनमा गुनासो सुनाउनुभयो । नमूना परीक्षण गराउन पनि शङ्कास्पद बिरामीलाई सकस भइरहेको छ । नमूना सङ्कलन गर्दा लामो लाइनमा घण्टौँसम्म उभिनु पर्ने अवस्थाले सङ्क्रमण थप फैलिने जोखिम पनि देखिएको छ ।
प्रदेशको धनगढीमा सञ्चालनमा रहेको एक मात्र मालिका ग्यास उद्योग बिग्रिएर उत्पादन बन्दा हुँदा भएको अक्सिजनको अभावले जटिल अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा थप समस्या भएको छ । रासस

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_E8a5Yo9jAn_fdc566yadpm27z2avepxvv0pfyl1xrdhviusajnxgpysknfn21nxk9776wax.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया