वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो नगरबस

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन ल्याएकाे छ । नगरवासीलाई यातायातको सहज पहुँच पुर्याउने उद्देश्यले आजदेखि नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच नगर माइक्रो सेवा उद्घाटन गर्दै नगर प्रमुख मोहनमाया ढकालले नगरवासीका लागि सेवा आरम्भ गरेकोमा खुसी व्यक्त गरिन् । नागरिकहरूको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको ढकालले भनाइ छ ।
वीरेन्द्रनगरमा सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउनका लागि आफ्नै नगर बस सञ्चालन गरिएको संयुक्त यातायातले जनाएको छ । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट वीरेन्द्रनगर उपत्यकामा रुटमा सेवा सुचारु गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरूमा बस सञ्चालन गरिने छ ।
यात्रुहरूलाई सहज सेवा दिन र सहुलियत भाडादर २० रुपैयाँ कायम गरिएको छ । धुलियाविटदेखि बाँगेशीमल पुग्दा पनि भाडा २० रुपैयाँ नै कायम गरिएको छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ नै कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष सापकोटाले जानकारी दिए ।
मुख्य गरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्ने गरी माइक्रो गाडी सञ्चालन गरिएको सापकोटाले जानकारी दिए । सोही रुट भएर ति गाडीहरू पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्ने छन् ।
उनका अनुसार बिस्तारै नगर माइक्रो सेवा मंगलगढी–काँक्रेविहार, मंगलगढी–एरपोट चोक–बामेखोला, मंगलगढी–गणेशचोक–आँखा अस्पतालचोक हुँदै कालिन्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाँगेशीमल रुट थप गरिनेछ । साथै, गणेश चोक–कारागार–टेलिकमहुँदै कपासे रुट समेत थप गरिने सापकोटाको भनाइ छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया