संसदमा उठ्यो महानगरले भृकुटीमण्डपमा रोकेको शैक्षिक मेलाको विषय

काठमाडौँ– संसदमा काठमाडौँ महानगरपालिकाले बिहीबार भृकुटीमण्डपमा सञ्चालित शैक्षिक मेला रोकेको विषय उठेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद दीपा शर्माले महानगरको हस्तक्षेपले हजारौं विद्यार्थीलाई अलपत्र पारेको बताइन् ।
‘शैक्षिक मेला किन रोकिएको छ, शिक्षा मन्त्रालयले स्वीकृति दिएको छ । हजारौं विद्यार्थी अवलोकनमा आइरहेका छन्, र संघीय मन्त्रालय अनुमति दिने स्थानीय सरकारले पुलिस डन्डा लगाएर उठाउने, संघीय सरकार र स्थानीय सरकारको तालमेल किन भएको छैन ?’ उनले भनिन् ।
महानगरले मेला रोकेर विद्यार्थीलाई सूचनाको हकबाट वञ्चित गरेको उनले टिप्पणी गरिन् । उनले शिक्षामन्त्रीले यसको जवाफ दिनुपर्ने पनि माग राखिन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया